इजरायलद्वारा पुन: गाजामा आक्रमण : कम्तीमा ५० जनाको मृत्यु

२०८१ श्रावण २ गते, बुधबार

काठमाडौँ । इजरायलले गाजा क्षेत्रमा पुन: मिसाइल आक्रमणमा गरेको छ। उक्त आक्रमणवाट कम्तीमा ५० जनाको मृत्यु भएको छ। हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा थुप्रै मानिस घाइते भएका छन्। दक्षिणी शहर खान युनूस र मध्य गाजा क्षेत्रमा शक्तिशाली आक्रमण भएको अधिकारीहरूले जनाएका छन्। मध्य गाजाको आक्रमणमा नुसेरत क्षेत्रमा संयुक्त राष्ट्रसंघले सञ्चालन गरेको स्कुलमा रहेका २५ जनाभन्दा धेरै मारिएको अल जजिराले उल्लेख गरेको छ।
गत अक्टोबर ७ देखि हालसम्म इजरायलको आक्रमणमा परी हमास समूहका १४ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ। हजारौँ मानिस घाइते भएका छन्। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]