कमला ह्यारिसद्वारा अमेरिकी राष्ट्रपतिमा उम्मेदवारी घोषणा
काठमाडौँ। अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले सामाजिक सञ्जाल एक्समार्फत आगामी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेकी छिन् । ह्यारिसले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा विजयी हुने विश्वासका साथ आफ्नो उम्मेदवारी घोषणा गर्दै लेखेकी छिन्– ‘आज मैले आधिकारिक रुपमा संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको लागि मेरो उम्मेदवारी घोषणा गर्ने फारमहरूमा हस्ताक्षर गरेँ।’
उनले आफू हरेक भोटका लागि कडा मेहनत गर्ने बताएकी छिन् ।
यसैबीच, कमला ह्यारिस डेमोक्र्याटिक उम्मेदवार बन्ने पक्का भएपछि पूर्वराष्ट्रपति बाराक ओबामाले शुक्रबार मात्र समर्थन गरेका छन् । ओबामाले ह्यारिसले नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा जित हासिल गर्ने विश्वास व्यक्त गर्दै आफू र श्रीमती मिचेल ओबामाले पूर्ण सहयोग गर्ने बताएका छन् । ह्यारिसलाई धेरै डेमोक्रेटिक नेताहरूले पार्टीको राष्ट्रपतिको उम्मेदवारको रूपमा समर्थन गरिसकेका छन् ।