क्यालिफोर्नियाको जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर
२०८१ श्रावण १३ गते, आईतवार
काठमाडौँ । क्यालिफोर्नियाको उत्तरी क्षेत्रको जंगलमा लागेको डढेलो प्रतिघण्टा २० वर्ग किलोमिटरको गतिले फैलिएपछि नियन्त्रण बाहिर गएको छ । डढेलोका कारण क्यालिफोर्नियाको उत्तर–पूर्वी क्षेत्रको एक लाख ५० हजार हेक्टर जंगल जलेर नष्ट भएको छ । डढेलो नियन्त्रण गर्न सयौं अग्नीनियन्त्रकहरु परिचालन गरिएको छ ।
जंगल नजिक जलिरहेको कार गुडाएर आगजनी गरेको आशंकामा एक व्यक्तिलाई कारवाही गरिएको छ । आगलागी नियन्त्रणबाहिर गएपछि वरिपरिका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
उच्च तापमान र तीव्र गतिको हावाका कारण आगो झन झन फैलिएको भन्दै क्यालिफोर्निया सरकारले विदेशी मुलुकका उद्धारकर्मीलाई पनि गुहारेका छन् । – एजेन्सी