अमेरिकाद्वारा आफना नागरिकहरुलाई तत्काल लेवनान छोड्न आदेश
काठमाडौँ । बेरुतस्थित अमेरिकी दूतावासले एक सुचना जारी गर्दै लेवनानमा रहेका आफना नागरिकहरुलाई तत्काल देश छोड्न आदेश दिएको छ । दूतावासले मध्यपूर्वमा बढ्दो तनावलाई मध्यनजर गर्दै तत्काल लेवनान छोड्न आदेश जारी गरेको छ , त्यसका लागि तुरुन्त जुनसुकै प्रकृतीका टिकट लिइ अमेरिका फर्कन निर्देशनसमेत दिएको छ ।
इराजयली आक्रमणमा हमास प्रमुखसहित अन्य नेताहरु मारिएसँगै इरानले इजरायलको बदला लिने चेतावनी जारी गरेपछि मध्यपुर्वमा थप युद्ध हुने सम्भावना बढेको छ । इजरायलले बेरुतमा हिजबुल्लाह कमाण्डर फुआद शुक्रको हत्या गरेको केही घण्टापछि हमास प्रमुख हानियाको हत्या गरेको थियो ।
यता जोर्डनको विदेश मन्त्रालयले पनि आफ्ना देशका नागरिकहरूलाई तुरुन्त लेबनान छाड्न आदेश दिएको छ । यस्तै क्यानाडाले आफ्ना नागरिकहरूलाई इजरायलको यात्राबाट बच्न अपील जारी गरेको छ ।
यसैबीच अमेरिकाले इरानको सम्भावित आक्रमणबाट इजरायललाई जोगाउन लेबनानमा थप युद्धपोत र लडाकु विमानहरू तैनाथ गरेको छ ।
बेलायतले पनि अतिरिक्त सैन्य कर्मचारी, कन्सुलर कर्मचारी र सीमा बल अधिकारीहरू लेबनानमा तैनाथ गरेको छ । बेलायतले दुईवटा ब्रिटिश सैन्य जहाजहरू पहिले नै तैनाथी अवस्थाामा राखेकोमा हाल भने रोयल एयर फोर्स हेलिकप्टरहरू पनि तयारी अवस्थामा राखेको छ । -एजेन्सी