बंगलादेशको संसद् विघटन

काठमाडौँ । । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले संसद् विघटन गरेका छन् । राष्ट्रपति शाहबुद्दिनले संसद् विघटन गर्दै भने- ‘बंगलादेश आर्मी, विभिन्न राजनीतिक दलका शीर्ष नेता, नागरिक समाज र विद्यार्थी आन्दोलनका अगुवाहरूको सहमतिमा १२औं संसद् विघटन गरिएको छ ।’
सरकारी जागिरमा आरक्षण र कोटाको विरोधमा जुलाई पहिलो सातादेखि विद्यार्थी आन्दोलन सुरु भएको थियो । आन्दोलनकै बीच अदालतको आरक्षणको कोटामा भारी कटौती गरेको छ । आन्दोलनकै कारण सोमबार प्रधानमन्त्री शेख हसिनाको सरकार ढलेको थियो । उनले सोमबार नै बंगलादेश छोडेकी छन् ।
यसैगरी, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा विपक्षी दलकी नेता खलिदा जिया जेलमुक्त भएकोसमेत उल्लेख गरिएको छ । – एजेन्सी