जापानमा ७.१ म्याग्नेच्‍युडको भूकम्प

२०८१ श्रावण २४ गते, बिहीबार

काठमाडौँ । जापानमा ७.१ म्याग्नेच्‍युडको शक्तिशाली भूकम्प गएको छ । मियाजाकी तटबाट करिब २० माइल टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पलगत्तै जापानको मौसम विज्ञान एजेन्सीले सुनामीको खतरा रहेको भन्दै सचेत रहन चेतावनी जारी गरेको छ ।
जापानी प्रसारक एनएचके वर्ल्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइटा, कागोशिमा जस्ता क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ। जापानका प्रधानमन्त्रीले पनि भूकम्पबारे केही निर्देशन जारी गरेका छन् ।
प्रधानमन्त्रीको निर्देशन अनुसार सुनामी र विस्थापित सम्बन्धि सही जानकारी जनतालाई समयमै उपलब्ध गराउनु पर्नेछ । साथै, नोक्सान रोक्न नागरिकहरूलाई बाहिर निकाल्ने जस्ता कदमहरू चाल्नुपर्छ। जतिसक्दो चाँडो क्षतिको अवस्थाको आँकलन गर्न भनिएको छ ।
स्थानीय सरकारहरूसँग घनिष्ठ समन्वय कायम गर्न र जनताको जीवन बचाउन कुनै कसर बाँकी नराख्न पनि भनिएको छ। -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]