ट्रम्पको भाषण मञ्चमा बुलेटप्रुफ सिसा

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना भएको हत्या प्रयासपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका छन । नर्थ क्योरोलिनामा गएराति चुनावी -यालीमा सहभागी भएका ट्रम्पले बुलेटप्रुफ सिसाले छेकिएको मञ्चबाट भाषण गरेका थिए ।
कार्यक्रममा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै ट्रम्पले राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको चर्को आलोचना गरे । उनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ती प्रकरण, युक्रेन र मध्य पूर्वमा जारी युद्धका लागि बाइडेन र ह्यारिसमाथि दोष लगाए ।
नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लीकन पार्टीबाट डोनाल्ड ट्रम्प तथा डेमोक्रमेटबाट कमला ह्यारिस प्रतिस्पर्धामा छन् । पछिल्लो सयम ह्यारिसको पक्षमा माहोल तात्न थालेपछि ट्रम्पले चुनावी अभियानलाई सक्रिय बनाएक हुन् ।
गत महिना पेन्सीलभेनियामा एउटा चुनावी -यालीमा गोली प्रहार भएपछि ट्रम्पलाई अस्पताल लैजानुपरेको थियो । गएरातिको कार्यक्रममा भने ट्रम्पले भाषण गर्ने मञ्चमा गोलीले नछेड्ने बुलेटप्रुफ सिसाले घेरिएको थियो ।-एजेन्सी