जापानमा शक्तिशाली चक्रवात आउने चेतावनी

काठमाडौँ । मौसम पूर्वानुमानकर्ताहरूले जापानमा यो हप्ताको अन्त्य सम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउनसक्ने चेतावनी जारी गरेका छन् । उनिहरिले सोमबार दक्षिणी जापानतर्फ एक शक्तिशाली चक्रवात अघि बढेको जनाएका छन्। आँधीले बुधबार अमाम टापु क्षेत्र पार गर्ने अनुमान गरिएको छ भने मुख्य दक्षिणी टापुतिर फर्कनु अघि यसको गति २१५ किलोमिटर प्रतिघण्टाको हुनेछ।
जापानमा यो महिना आँधीले गर्दा सयौँ उडान तथा रेल सेवाहरू अवरुद्ध गरेको छ भारी बर्षाले प्रशान्त तटमा क्षति पुर्याएको छ। यस क्षेत्रमा तटीयरेखाको नजिकमा आँधी आइरहेको र जलवायु परिवर्तनका कारण यसको प्रभाव लामो समयसम्म रहने गत महिना जारी एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको थियो। – एजेन्सी