इरानद्वारा विरोधीहरुसँग बदला लिने चेतावनी

२०८१ कार्तिक १८ गते, आईतवार


काठमाडौँ । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले आफनो देशका विरोधीहरुसँग बदला लिने चेतावनी दिएका छन । इरानको एक विश्वविद्यालयका विद्यार्थीहरूसँगको भेटमा खामेनीले इजरायल र अमेरिकालाई लक्षित गर्दै आफनोे देशमा आक्रमण गर्ने इजरायल र इजरायलको सहयोगी अमेरिकालाई चेतावनी दिएका हुन् ।
उनले गत अक्टोबर २६ मा इरानमा इजरायलले गरेको आक्रमण कुनै सामन्य घटना नभएको भन्दै यसको बदला इजरायलले चकाउनु पर्ने समेत बताए । इजरायली आक्रमणमा पाँच जना नागरिकको मृत्यु भएकाले इरान इजरायलप्रति आक्रोशित बनेको हो ।
यसैबीच इरानले इजरायलमाथि ठूलो हमला गर्ने रणनिती तय गरेको छ । खामेनीले देशको राष्ट्रिय सुरक्षा परिषद्लाई इजरायलमा आक्रमणका लागि तयार रहन निर्देशन दिएका छन ।
इजरायल र इरानबीच गाजामा युद्ध शुरु भएपछि तनाव बढेको हो । यसै वर्षको अप्रिलमा दुवै देशले एकअर्कामाथि मिसाइल प्रहार गरेका थिए । त्यसपछि अक्टोबरमा दुवैले एकअर्कामाथि आक्रमण गरेका हुन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]