ट्रम्पद्वारा एलन मस्कलाई डिओजीई प्रमुखमा नियुक्त

काठमाडौँ । राष्ट्रपतिको चुनावमा सघाएका एलन मस्कलाई डोनाल्ड ट्रम्पले ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई) प्रमुख पदमा नियुक्त गरेका छन् । डिओजीई क्याबिनेट पद नभए पनि यसले सरकारी खर्च कटौती र दक्षता सुधार गर्ने कार्य गर्छ ।
यसैगरी, ट्रम्पले मस्क नेतृत्वको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई)मा भारतीय मुलका विवेक राधास्वामीलाई पनि नियुक्त गरेका छन् । नियुक्तिबारे जानकारी दिन सार्वजनिक गरिएको विज्ञप्तिमा ट्रम्पले एलन मस्कलाई ‘ग्रेट एलन मस्क’ र विवेक रामाश्वामीलाई ‘देशभक्त अमेरिकी’ भनेका छन् ।
नियुक्तिको जानकारी पाएपछि रामास्वामीले आक्रामक रुपमा जिम्मेवारी पूरा गर्ने संकेत गरेका छन् । उनले भनेका छन्, ‘हामी नरम रुपमा प्रस्तुत हुने छैनौं ।’
ट्रम्प खर्च कटौतीका लागि अनावश्यक सरकारी विभाग र एजेन्सीहरुलाई बन्द गर्नुपर्ने र अप्रासंगिक नियमकानुन संशोधनको तयारीमा छन् । त्यसलाई ट्रम्पले ‘सेभ अमेरिका’ नाम दिएर अभियान चलाउने छन् । ट्रम्पको यही अभियानलाई अब एलन मस्क र विवेक रामास्वामीले सघाउने छन् ।
ट्रम्पले मंगलबार मात्रै फ्लोरिडाका सांसद माइक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहका र मार्को रुबियोलाई विदेश मन्त्रीमा नियुक्तिको घोषणा गरेका थिए ।-एजेन्सी