ट्रम्पद्वारा चार्ल्स कुसनरलाई फ्रान्सका लागि राजदूतमा नियुक्त

२०८१ मंसिर १७ गते, सोमबार


काठमाडौँ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चार्ल्स कुसनरलाई फ्रान्सका लागि राजदूतमा नियुक्त गरेका छन् । सन् २०२० मा डोनाल्ड ट्रम्पले चार्ल्स कुसनरलाई अमेरिकी सरकारले दिएको सजायबाट माफी दिएका थिए । चार्ल्स कुसनर ट्रम्पकी छोरी इभान्का ट्रम्पका पति जेरेड कुसनरका पिता हुन्।
सामाजिक सञ्जाल साइट ट्रुथ सोशलमा एक पोस्टमा ट्रम्पले लेखेका छन्, “कुसनर एक उत्कृष्ट व्यापारिक नेता र सम्झौताकर्ता हुन् जसले हाम्रो देश र यसको हितका लागि बलियो प्रतिनिधि साबित हुनेछन्।”
दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि उनले प्रशासनको महत्वपूर्ण पदका लागि आफन्तलाई रोजेको मानिन्छ । चार्ल्स कुशनर एक घर जग्गा विकासकर्ता हुन् ।
फ्रान्सका लागि राजदूतका रुपमा चार्ल्स कुसनरको नाम घोषणा गर्दै ट्रम्पले आफूसँग काम गर्न पाउँदा उत्साहित भएको बताउदै भने- “हामी सँगै फ्रान्स, हाम्रो सबैभन्दा पुरानो मित्र र हाम्रो सबैभन्दा ठूलो सहयोगीसँगको अमेरिकाको साझेदारीलाई सुदृढ गर्नेछौं।”

प्रतिक्रियाहरु

[anycomment]