बाइडनद्वारा फौजदारी मुद्दामा सजाय खेपेका आफ्ना छोरालाई क्षमादान

२०८१ मंसिर १७ गते, सोमबार

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडनले दुईवटा फौजदारी मुद्दामा सजाय खेपिरहेका आफ्ना छोरा हन्टर बाइडेनलाई औपचारिक क्षमादान जारी गरेका छन्। उनले आफ्ना छोरालाई “एक्ल्याइएको“ भन्दै उनका मुद्दालाई “न्यायको एक गर्भपात“ भन्ने संज्ञा दिंदै भनेका छन -“मैले कार्यालय सम्हालेको दिनदेखि न्याय मन्त्रालयको निर्णय प्रक्रियामा दखल पुर्‍याउँदिनँ भनेको थिएँ र मेरो छोराको अलग्गै रूपमा र अनुचित रूपमा अभियोजन भइरहँदा समेत मैले आफ्नो वचन कायम राखे। “
हन्टर गत सेप्टेम्बरको सुरुमा कर मामिलामा दोषी ठहरिएका थिए। त्यसैगरी जून महिनामा उनी गैरकानुनी रूपमा बन्दुक किनेको र आफ्नो लागु औषध प्रयोगबारे झुटो बोलेकोमा दोषी ठहरिएका थिए। त्यससँगै उनी अपराधमा दोषी ठहरिने पहिलो बहालवाला राष्ट्रपतिका सन्तान बनेका थिए।
राष्ट्रपति बाइडेनले यसअघि आफ्नो छोरालाई क्षमादान नदिने बताए पनि अहिले पूर्ण र निसर्त क्षमादान जारी गरेका हुन्। गत सेप्टेम्बरमा मात्र ह्वाइटहाउसका प्रेस सेक्रेटरीले बाइडेनले आफ्ना छोरालाई क्षमादान नदिने जनाएका थिए। तर आइतवार साँझ बाइडनले आफूले न्याय प्रणालीमा विश्वास गर्दा गर्दै पनि “राजनीतिले यस प्रक्रियालाई सङ्क्रमित पारिदिएको र त्यसले न्यायको गर्भपात गराएको बताउदै भने-
“मैले यसलाई थप ढिलो गर्नुको अर्थ नभएको भन्दै यस निर्णय गरे। “

प्रतिक्रियाहरु

[anycomment]