दक्षिण कोरियाका पूर्व रक्षा मन्त्री किम योङ–ह्यून पक्राउ

२०८१ मंसिर २३ गते, आईतवार

काठमाडौँ । दक्षिण कोरियाका पूर्व रक्षा मन्त्री किम योङ–ह्यून पक्राउ परेका छन् । राष्ट्रपति यून सुक येओललाई सैन्य शासन लगाउन सुझाव दिएका पूर्व रक्षा मन्त्री किम योङ–ह्यून आज (आइतबार) पक्राउ परेका हुन् । अभियोजनकर्ताहरूको विशेष अनुसन्धान टोलीले किमलाई नियन्यन्त्रमा लिएर फोन पनि जफ्त गरेको छ । किम स्वेच्छिक रुपमा सोल केन्द्रीय जिल्ला अदालत अभियोजनकर्ताहरूको कार्यालयमा पुगे पछि पक्राउ परेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पक्राउ पर्नु अघि अनुसन्धानकर्ताहरूले किम सँग सोधपुछ समेत गरेको थियो । विपक्षीहरूले देशको लोकतन्त्र र स्थायित्वलाई खतरामा पारेको आरोप लगाउँदै योओलले मंगलबार राति शैन्य शासन लागू गरेका थिए । शनिबार संसदमा येओल विरुद्धको महाभियोगको प्रस्ताव असफल भएपछि योङ–ह्यून समातिएका हुन् । महाभियोग प्रस्ताव विफल भएपनि राजीनामा दिनु अघि राष्ट्रपतिको कतव्र्य बाट उनलाई पूरै बाहिर राखिने सत्तारुढ दलले जनाएको छ । राजीनामा अघि येओललाई विदेशी र अन्य राजकीय मामिलामा संलग्न नगराइने सत्तारुढ दलले जनाएको समाचारमा उल्लेख छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]