सिरियाली राष्ट्रपति असद रुसको शरणमा

२०८१ मंसिर २४ गते, सोमबार


काठमाडौँ । विद्रोहीले राजधानी दमास्कस कब्जा गरेपछि देश छाडेका सिरियाका राष्ट्रपति बसर अल असद रुसमा रहेको दाबी रुसी सञ्चारमाध्यमले गरेका छन्। रुसी मिडिया एजेन्सीहरूले क्रेमलिन स्रोतलाई उद्धृत गर्दै सिरियाका अपदस्थ राष्ट्रपति असद र उनको परिवार रुसको राजधानी मस्को पुगेको दाबी गरेका हुन्। रिपोर्टअनुसार रुसले बसर अल असद र उनको परिवारलाई शरण दिएको छ। यसअघि आइतबार विद्रोहीले सिरियाको राजधानी दमास्कस कब्जा गर्दै सिरिया स्वतन्त्र भएको घोषणा गरेको थियो। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु