इजरायलद्वारा सिरियाको राजधानी दमास्कसमा आक्रमण
काठमाडौँ । इजरायलले विद्रोहीले नियन्त्रणमा लिएको सिरियाको राजधानी दमास्कसमा हवाइ आक्रमण गरेको छ । आक्रमणको उद्देश्य उन्नत हतियारहरू सिरियाली विद्रोही सेनाको हातमा पर्न नदिनु रहेको बताइएको छ। रिपोर्टका अनुसार इजरायलले राजधानी दमास्कसको एउटा हतियार भण्डारमा हवाई हमला गरेको भिडियोमा स्पष्ट देख्न सकिन्छ। इजरायल सिरियाली सेनाका हतियारहरू विद्रोहीहरूको हातमा नपरून् भन्ने चाहन्छ । इजरायलको राज्य मिडियाले रिपोर्ट गरेअनुसार आइडीएफ सेनाले आइतवार गोलान हाइट्स माउन्ट हर्मनको शिखरमा सिरियाली सेनाको पोस्ट कब्जा गरेको छ।
विद्रोहीको धेरै आक्रमणपछि सिरियाली राष्ट्रपति बसर अल असद देश छोडेर रुस भागेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले असद र उनको परिवारलाई राजनीतिक शरण दिएका छन् ।
यसअघि असदको विमानको राडार सम्पर्क टुटेको र विमान दुर्घटनाको सम्भावना रहेको अनुमान गरिएको थियो तर अब बसर अल असद रुस पुगेको पुष्टि भएको छ । अर्कोतर्फ, सेनाले असदले देश छोडेको पुष्टि गर्दै राष्ट्रपतिको शक्ति समाप्त भएको बताएको छ। सिरियामा विद्रोही समूह र सेनाबीच विगत ११ दिनदेखि चलिरहेको लडाइँमा आइतबार विद्रोही लडाकुहरूले राजधानी दमास्कसलाई आफ्नो नियन्त्रणमा लिएका छन् र सडकमा गोली चलाएर विजयको उत्सव मनाइरहेका छन् । सिरियाको लताकियाबाट उडेको असदको विमान मस्को पुगेको जानकारी फ्लाइट ट्र्याकरबाट प्राप्त भएको छ । फ्लाइटराडर वेबसाइटको तथ्याङ्क अनुसार आइतवार रूसी सैन्य विमान लताकियाबाट उडेको थियो र मस्को पुगेको थियो। – एजेन्सी