बम विष्फोटमा परेर तालिबान सरकारका मन्त्रीको मृत्यु !

२०८१ मंसिर २७ गते, बिहीबार


काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा भएको बम विष्फोटमा तालिबान सरकारका एकजना मन्त्रीको मृत्यु भएको छ । आन्तरिक मन्त्रालयभित्र भएको आत्माघाती बम हमलामा तालिबानका शरणार्थी मन्त्री खलील हक्कानी मारिएका हुन् ।
सन् २०२१ को जुन महिनामा तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानमा गरिएको आतंकबादी हमलामा मारिनेमा हक्कानी उच्च प्रोफाइलका नेता हुन् । हक्कानी आफ्नो कार्यालयबाट बाहिरिनेक्रममा एक जना आत्माघाती आक्रमणकारीले विष्फोट गराएका थिए । अमेरिकाले आतंकवादी घोषणा गरेका खलील हक्कानी तालिबानमा हक्कानी नेटवर्क भनिने शक्तिशाली गुटका शीर्ष सदस्य थिए । इस्लामिक स्टेट समूह (आईएस) ले यो आक्रमणको जिम्मेवारी लिएको छ ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु