बाइडेनद्वारा १५ सय अपराधीलाई माफी
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले करिब १५ सय अपराधीको सजाय माफी दिने घोषणा गरेका छन् । बाइडेनले विज्ञप्ति जारी गर्दै आफ्नो कार्यकालको अन्तिम समयमा विशेषाधिकार प्रयोग गरि करिव ती अपराधीहरुको सजाय माफी दिने निर्णय गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् ।
ह्वाइट हाउसले राष्ट्रपति बाइडेनको यो निर्णय अमेरिकी इतिहासमा एकै दिनमा सबैभन्दा ठूलो क्षमादानको निर्णय भएको जनाएको छ । केही समयअघि मात्र बाइडेनले आफ्ना छोरा हन्टर बाइडेनलाई विशेषअधिकारको बलमा माफी दिएकोमा व्यापक आलोचना भइरहेको अवस्थामा वाइडेनले यो निर्णय गरेका हुन् । सजाय माफी गरिएका अपराधीहरु विगत एक वर्षदेखि घरमै सजाय भोगिरहेकाहरु रहेको पनि ह्वाइट हाउसले उल्लेख गरेको छ । राष्ट्रपति बाइडेनले अमेरिका सधै सम्भावना बोकेको र दोस्रो अवसरको पक्षमा रहेकाले राष्ट्रपतिको हैसियतमा
पश्चाताप र पुनःस्थापना भएका व्यक्तिहरूलागि यो विशेषाधिकार प्रयोग गरेको बताएका छन् ।