रुसी आणविक बलका प्रमुखको हत्या आरोपमा एक पक्राउ

२०८१ पुष ४ गते, बिहीबार


काठमाडौँ । रुसमा आणविक बलका प्रमुख इगोर किरिलोभको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । रुसी छानबिन समितिका अनुसार उज्वेकिस्तानका २९ वर्षीय अभियुक्तमाथि छानबिन भइरहेको छ । उनको नाम भने सार्वजनिक गरिएको छैन । अभियुक्तले आफ्नो कसुर स्वीकार्दै आफुलाई युक्रेनी जासुसी संयन्त्र (एसबियु) ले काममा लगाएको जानकारी दिएको रुसको दाबी छ ।
रुसी राजधानी मस्कोस्थित आफ्नो अपार्टमेन्ट बाहिर मंगलबार बिहान विद्युतीय स्कुटर विष्फोट गराएर किरिलोभको हत्या गरिएको थियो । विष्फोटमा उनका एक सहयोगीको पनि मृत्यु भएको थियो ।
युक्रेनी अदालतले एक दिन अघि मात्रै किरिलोभलाई प्रतिबन्धित रासायनिक हतियार प्रयोगको मामिलामा दोषी ठहर गरेको थियो । पछिल्ला चार महिनामा मारिने किरिलोभ तेस्रो वरिष्ठ रुसी सैन्य अधिकारी हुन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]