मोजाम्बिकमा ‘चिडो’ चक्रवात : ९४ को मृत्यु

२०८१ पुष ८ गते, सोमबार


काठमाडौँ । पूर्वी अफ्रिकी मुलुक मोजाम्बिकमा आएको चक्रवात चिडोले कम्तीमा ९४ जनाको ज्यान लिएको छ । देशको राष्ट्रिय जोखिम तथा प्रकोप व्यवस्थापन संस्थान (आई.एन.जी.डी) ले ७ सय ६८ जना घाइते भएको र ६ लाख २२ हजारभन्दा बढी प्रभावित भएको जनाएको छ ।
चिडोले मोजाम्बिकमा २ सय ६० किलोमिटर प्रतिघण्टाको गतिमा आँधीतुफानसहित पहिलो २४ घण्टामा २ सय ५० मिलिमिटर वर्षा भएको थियो । सो चक्रवात मोजाम्बिक, मलावी र जिम्बाब्वेमा सर्नु अघि फ्रान्सेली हिन्द महासागर क्षेत्र मेयोटेमा पहिलो पटक विनाश मच्चाएको थियो । मोजाम्बिकमा आँधीले उत्तरी प्रान्तहरूमा बढी क्षति पु-याएको छ । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]