अजरबैजान एअरलाइन्सको जहाज दुर्घटना : २५ जनाको जीवितै उद्धार

२०८१ पुष १० गते, बुधबार


काठमाडौँ । अजरबैजान एअरलाइन्सको जहाज दुर्घटनामा परेको छ । ६२ जना यात्रु र ५ जना चालक दलका सदस्यहरू रहेको उक्त जहाज बुधबार कजाकस्तानमा दुर्घटनाग्रस्त भएको हो । अजरबैजान एअरलाइन्सको उडान नम्बर जे२–८२४३ को जहाज अजरबैजानको राजधानी बाकुबाट चेचन्याको ग्रोज्नीतर्फ गइरहेको बेला दुर्घटनामा परेको बिबिसीले जनाएको छ । उक्त विमान बाक्लो हुस्सु वा कुहिरोका कारण दुर्घटना भएको बताइएको छ ।
अधिकारीहरुका अनुसार उक्त जहाज काजाकस्तानको अक्ताउ क्षेत्रनजिकै खसेको र विमानमा आगो लागेको थियो । उद्धारकर्मी तथा आकस्मिक सेवाका अधिकारीहरू बेलैमा पुग्दा २५ जना यात्रु भने बच्न सफल भएको जनाइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]