इजरायलको आक्रमणवाट गाजापट्टीमा सय दिनमा ५ हजारको मृत्यु !

काठमाडौँ । इजरायलले गाजापट्टीमा गरेको आक्रमणवाट एकसय दिनको अवधिमा ५ हजारको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ । गाजाको सरकारी मिडिया कार्यालयले जारी गरेको सुचीमा उक्त संख्या उल्लेख गरिएको हो । इजरायल र हमास बीचको सम्भावित युद्धविराम सम्झौता र वार्ताकै बीचमा इजरायलले उत्तरी गाजामा आक्रमण तीब्र पार्दा एकसय दिनमा ९ हजार ५ सय प्यालेस्टिनीहरू घाइते भएका छन् भने सयौं बेपत्ता पारिएका छन् । सो कार्यालयले इजरायली घेराबन्दीलाई “जातीय सफाया, विस्थापन र विनाशको सबैभन्दा भयानक रूप’’ को रूपमा व्याख्या गरेको छ ।
मध्य गाजाको देइर अल–बलाह क्षेत्र पुरै भग्नावशेषमा परिणत हुँदा उक्त क्षेत्रलाई भूत क्षेत्र नामाकरण गरिएपनि सो क्षेत्रमा अझै पनि केही गाजाबासीहरु रहेको र उनीहरु कुनै पनि हालतमा सो ठाउँ छोड्न नमान्दा इजरायलले सोही क्षेत्रमा आक्रमण तीब्र पारेको छ । इजरायलले गरेका आक्रमणकै क्रममा उत्तरी भागमा रहेको कमल अदवान अस्पतालको एक भाग पनि जलेको छ । – एजेन्सी