जापानमा माइकोप्लाज्मा निमोनियाका सङ्क्रमण फैलियो

२०८१ माघ ९ गते, बुधबार


काठमाडौँ । जापानको राष्ट्रिय सङ्क्रामक रोग संस्थानका अनुसार माइकोप्लाज्मा निमोनियाका घटनाहरूमा उल्लेख्य बृद्धि भइरहेको छ । विगत दशकको तुल्नामा यस वर्ष बिरामीको सङ्ख्या उच्च स्तरमा पुगेको छ । सो संस्थानका अनुसार माइकोप्लाज्मा निमोनिया बिरामीहरूको साप्ताहिक औसत सङ्ख्या जनवरी १२ सम्म १.११ पुगेको छ, जुन अघिल्लो हप्ताको तुलनामा ०.३४ ले बढेको छ ।
माइकोप्लाज्माले निमोनिया, बच्चाहरुमा सामान्य सङ्क्रमण, ज्वरो, थकान, टाउको दुखाइ र लगातार खोकी जस्ता लक्षणहरु निम्त्याउँछ । गम्भीर अवस्थामा, यसले निमोनिया निम्त्याउन सक्छ र अस्पताल भर्ना आवश्यक पर्दछ । यसैबीच, रुघाखोकीजस्ता लक्षण देखि गालामा रातो दाना देखिने एरिथिमा इन्फेक्टियोसम पनि बढ्दै गएको छ ।
गत हप्ता देशभरका झण्डै तीन हजार चिकित्सा संस्थाहरूले औसत ०.९४ केस रिपोर्ट गरेका छन् । इन्फ्लुएन्जा पनि व्यापक रहेको हुनाले विज्ञहरूले मास्क लगाउनेलगायत सङ्क्रमण रोकथामका उपायहरूको महत्त्वमा जोड दिए । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]