ट्रम्पद्वारा रुस युद्ध विराममा सहमत नभए थप प्रतिबन्ध लगाउने चेतावनी

२०८१ माघ १० गते, बिहीबार


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले युक्रेनविरुद्ध युद्ध विराम गर्न पहल नगरे थप प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। यसैगरी, ट्रम्पले हाउथीलाई वैदेशिक आतङ्कवादी सङ्गठन ठहर गरेका छन्। हाउथी यमनमा इरानको सहयोगमा सञ्चालित सैन्य समूह हो। यमन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा भएका धेरै आक्रमणमा हाउथी जिम्मेवार छ।
त्यसैगरी ट्रम्पले दक्षिणी सीमामा १५ सय सेना परिचालन गरेका छन्। तत्कालका लागि ती सेना कानुन उपयोग गर्नका लागि नभई भौतिक संरचना निर्माणमा सक्रिय रहने जनाइएको छ। अमेरिकी संसद्ले ल्याएको नयाँ आप्रवासी विधेयक पारित गरेको छ। सो विधेयक २६३-१५६ मतले पारित भएको हो। ट्रम्पले अमेरिका कुनै पनि किसिमका शरणार्थीका लागि प्रवेश निषेध गरेका छन्। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]