हमासद्वारा थप चार महिला बन्धक रिहा

काठमाडौं । युद्धविराम सम्झौताअनुसार हमासले थप चार महिला बन्धक रिहा गरेको छ । चारैजना इजरायली सेना सैनिक हुन् ।हमासका अनुसार रिहा हुनेमा करीना एरिएध, डेनिएला गिल्बोओ, लेवी र लिरी अल्बाग रिहा भएका छन् । बन्धकको रिहाइपछि तेल अविवमा खुसीको माहौल देखियो । अब इजरायलले प्यालेस्टाइनी बन्दीलाई रिहा गर्नेछ । गत आइतबार युद्धविराम लागू भएपछि यो दोस्रो आदानप्रदान हो ।