अमेरिकाद्वारा आप्रवासीलाई थुन्न कारागार विस्तार !

२०८१ माघ १७ गते, बिहीबार


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीका लागि क्युबाको ग्वान्टानामो खाडीमा ३० हजार व्यक्ति अट्ने कारागार बनाउने बताएका छन । राष्ट्रपति ट्रम्पले यो सुविधाले कागजातविहीन आप्रवासीहरूलाई राख्ने सरकारको क्षमतालाई दोब्बर बनाउने र यसले अमेरिकालाई “आप्रवासी अपराधको संकट हटाउन एक कदम अगाडि’’ लैजाने बताएका छन । यो कदम कार्यकारी आदेशको रूपमा आउने र रक्षा मन्त्रालय पेन्टागनले कार्यान्वयन गर्ने बताइएको छ ।
विगतमा विभिन्न अमेरिकी प्रशासनहरूले आप्रवासीहरूलाई ग्वान्टानामो माइग्रेन्ट अपरेशन सेन्टरमा राखेका थिए । अमेरिकी राष्ट्रपतिको योजनाको क्युबाले भने विरोध गरेको छ । राष्ट्रपति मिगुएल डियाज–क्यानेलले आप्रवासीहरूलाई यातना गृहमा राख्नुलाई क्रूरताको कार्य भएको बताएका छन । क्युबाको ग्वान्टानामो खाडी अमेरिकी सैन्य आधार हो जहाँ सन् २००२ मा प्रतिआतंकवाद अभियानमा पक्राउ परेका संदिग्धहरूलाई राख्नका लागि हिरासत शिविर स्थापना गरिएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]