दक्षिण सुडानमा विमान दुर्घटना : २० जनाको मृत्यु

२०८१ माघ १७ गते, बिहीबार


काठमाडौँ । दक्षिणी सुडानको युनिटी राज्यबाट राजधानी जुबाको लागि उडेको ३ मिनेटमै विमान दुर्घटनामा परेको छ । उक्त विमान दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । विमानमा २१ जना सवार रहेकोमा एक जना मात्र बाच्न सफल भएको अन्तराष्टिय संचार माध्यमले जनाएका छन् ।
ग्रेटर पायोनियर अपरेटिङ कम्पनी नामक बहुराष्ट्रिय तेल कम्पनीले चार्टर्ड गरेको विमान दुर्घटनामा ज्यान गुमाउने सबैजसो तेल कम्पनीका काम गर्ने कर्मचारी र मजदुर हुन् । दुर्घटनामा मृत्यु भएकामध्ये दुई जना चिनीया, एक जना भारतीय र दुई जना युगाण्डाका नागरिक छन् । अन्य १५ जना दक्षिण सुडानकै नागरिक हुन् । दुर्घटनाप्रति सुडान सरकारले दुःख व्यक्त गर्दै छानबिन गरिने जनाएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]