ट्रम्प र पुटिनबीच भेटवार्ता हुँदै

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छिट्टै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने बताइएको छ । निकट भविष्यमा साउदी अरेबियामा हुने एक कार्यक्रममा पुटिनसँग भेटवार्ता हुने संभावना रहेको ट्रम्पले बताएका छन ।
दुई देशका राष्ट्रपतिबिच भएको टेलिफोन वार्तापछि भेटघाटको वातावरण बनेको बताइएको छ । फोनवार्तामा युक्रेन युद्ध अन्त्य गर्ने विषयमा कुराकानी भएको बुझिएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि अमेरिकी समकक्षीसँग यस विषयमा झण्डै एक घण्टा फोनमा कुराकानी गरेको बताइएको छ ।
रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा पूर्ण क्षमताको युद्ध शुरु गरेको थियो । युक्रेनको क्राइमिया र डोनेट्स्क क्षेत्र अहिलेपनि रसी सेनाको नियन्त्रणमा रहेको छ ।- एजेन्सी