रुस र युक्रेनबिच छिट्टै शान्ति सम्झौता हुने !

२०८१ फाल्गुन १६ गते, शुक्रबार


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध रोक्न छिट्टै शान्ति सम्झौता हुने बतएका छन । अमेरिका भ्रमणमा रहेका बेलायती प्रधानमनत्री किर स्टार्मरसँग ह्वाइटहाउसमा भेटवार्ता गर्दै ट्रम्पले युक्रेन युद्धविरामबारे छिट्टै सहमति हुने र त्यो एकदमै नयाँ हुने प्रतिक्रिया दिएका हुन ।
यसैगरी, ट्रम्पले बेलायतसँग व्यापार सम्झौताको तयारी भइरहेको र यो व्यापार सम्झौतामा आयात कर वा अतिरिक्त शुल्क नहुने बताएका छन । उनले उन्ले ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई आफु सम्मान गर्ने र युक्रेनी सेनाको समेत प्रशंसा गर्नुपर्ने बताएका थिए ।
ट्रम्पले चागोस द्वीप समूह मौरिससलाई सुम्पिने बेलायती योजनामा साथ रहन इच्छुक रहेको धारणा राख्दै बेलायतको राजकीय भ्रमणका लागि राजा चाल्र्सको निमन्त्रणा स्वीकार गरेको बताइएको छ । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]