ट्रम्पद्वारा रूसमाथि थप प्रतिबन्ध लगाउने चेतावनी

२०८१ फाल्गुन २४ गते, शनिबार


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सामाजिक सञ्जालमार्फत रुसमाथि थप प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । उनले रुस र युक्रेनलाई तत्काल वार्तामा बस्न पनि आह्वान गरे।युद्धविरामको सहमति नहुञ्जेल प्रतिबन्ध लगाउने विषयमा विचार गरिरहेको उनले बताएका छन् ।
उनले लेखेका छन् -‘ रुसले अहिले लडाइँको मैदानमा युक्रेनलाई नराम्ररी प्रहार गरिरहेको तथ्यका आधारमा युद्धविराम र अन्तिम शान्ति सम्झौतामा नपुगुञ्जेलसम्मका लागि म रुसमाथि ठूलो ब्यांकिङ प्रतिबन्ध र भन्सार शुल्क लगाउने विषयमा विचार गरिरहेको छु। रुस र युक्रेन अहिल्यै वार्तामा बसिहाल, नत्र ढिला होला । धन्यवाद !’

प्रतिक्रियाहरु

[anycomment]