दक्षिण कोरियाका निलम्बित राष्ट्रपति योल रिहा

काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योल हिरासतबाट रिहा भएका छन् । महाभियोग लगाइएका राष्ट्रपति योललाई अदालतले प्रक्रियागत आधारमा पक्राउ गर्न आदेश दिएपछि शनिबार हिरासतबाट रिहा गरिएको हो । गत डिसेम्बर ३ मा नागरिक शासनलाई उल्ट्याउने प्रयास गरेको आरोपमा पक्राउ परेका निलम्बित राष्ट्रपति मुस्कुराउँदै बिशेष हिरासतबाट बाहिर निस्किएका थिए ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार एक दिन अघि एक अदालतले प्राविधिक र कानूनी आधार देखाउँदै उनको गिरफ्तारी वारेन्ट रद्द गरेको थियो । यसको अनुसन्धान गरिरहेका अभियोजनकर्ताहरूले शनिबार एक बयानमा उक्त निर्णय ‘अन्यायपूर्ण’ भएको बताएका थिए । अभियोजकहरूले अदालतको फैसलाविरुद्ध अपिल गर्ने अधिकारबारे सुनुवाई गर्दै युनलाई रिहा गरिएको समाचारमा उल्लेख छ । – एजेन्सी