इजरायलद्वारा गाजापट्टीमा भीषण हमला :४१३ जनाको मृत्यु

२०८१ चैत्र ६ गते, बुधबार

काठमाडौँ । इजरायलले गाजापट्टीमा गरेको भीषण हमलामा ४ सय १३ जना मारिएका छन् । सोमवार साँझदेखि इजरायली सुरक्षा फौजले गाजापट्टीमा लगातार हवाई हमला गरिरहेको छ । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ४१३ जनाको मृत्यु भएको पुष्टि भएको छ । ३ सयभन्दा बढी घाइते भएका छन् ।
गाजा सिटी, रफाह, खान युनिस, बेत लहिया, नुसेइरात, अल मवासीलगायतका घना आवादी रहेका ठाउँमा इजरायलले बम तथा रकेट आक्रमण जारी राखेको छ । गत जनवरीमा युद्धविराम सुरु भएयता इजरायलले गरेको यो सबैभन्दा भीषण आक्रमण हो ।
यसैबिच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतेन्याहुले हमासविरुद्ध निर्णायक कारवाही शुरु भएको जनाएका छन । शान्ति सम्झौताबाट आफु नभागेको जनाउँदै नेतेन्याहुले गोलाबारीबै बिच वार्ता हुनसक्ने संकेत गरेका छन ।

प्रतिक्रियाहरु

[anycomment]