क्यानडाका प्रधानमन्त्री कार्नेद्वारा चुनावको घोषणा

काठमाडौँ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नेले यही अप्रिल २८ तारिखमा चुनाव घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्न ताजा जनादेश चाहिएको भन्दै कार्नेले चुनाव आव्हान गरेका हुन् ।
बैंक अफ इङ्गल्याण्डका पूर्व गभर्नर कार्नेले अमेरिकी राष्ट्रपति क्यानडालाई तोड्न चाहिरहेको भन्दै उनलाई बलिये जवाफ दिन क्यानेडियन जनता तयार रहेको बताए । यो चुनावमा लिबरल पार्टीका नेता एवं प्रधानमन्त्री कार्नेलाई कन्जरभेटिभ पार्टीका पियरे पोइलिभ्रे, नयाँ डेमोक्रेटिक पार्टीका नेता जगमीत सिंह र ब्लक क्वेबेकोइसका नेता यवेस–फ्रान्कोइस ब्लान्चेटले टक्कर दिने छन ।
कन्जरभेटिभ पार्टीका पोइलिभ्रेले आफ्नो चुनावी अभियान घोषणा गर्दै अमेरिकासँगको कूटनीतिक सम्बन्धलाई “सम्मानजनक, दृढ र बलियो’’ रूपमा हेर्ने बताएका छन ।
दुई देशको सम्बन्ध चिसिंदै जाँदा ट्रम्पले क्यानडाविरुद्ध व्यापार युद्ध शुरु गरेका छन भने क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउने चाहना व्यक्त गरेका छन । – एजेन्सी