‘रुस र अमेरिकाबिच सम्बन्ध बिग्रिएको छैन ‘

२०८१ चैत्र १९ गते, मंगलवार


काठमाडौँ । रुसले अमेरिकाबिचको सम्बन्धमा केही कटुता देखिएपनि अमेरिकासँग काम गरिरहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग रिसाएको भन्ने बताइरहँदा रुसले अमेरिकासँग हरेक विषयमा छलफल र वार्ता हुने गरेको बताएको छ ।
राष्ट्रपति ट्रम्पको आलोचनाको पहिलो प्रतिक्रियाका क्रममा रुसी प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकी पक्षसँग रुस राम्रो सम्बन्ध निर्माण गर्ने पक्षमा रहेको जनाउँदै बाहिर देखिएजस्तो सम्बन्ध नबिग्रिएको दाबी गर्नुभयो ।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले गत आइतबार एनबिसी न्यूजसँगको कुराकानीमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको विश्वसनीयतामाथि आक्रमण गर्दै पुटिनसँग रिसाएको र पुटिनले युद्धविराममा सहमत नभएमा रूसी तेल किन्ने देशहरूमा ५० प्रतिशत कर लगाउने धम्की दिएपछि रुसको तर्फबाट यस्तो प्रतिक्रिया आएको होे ।
यद्दपी रुसी राष्ट्रपति पुटिनले संयुक्त राष्ट्र संघको समर्थनमा युक्रेनमा अन्तरिम सरकार गठन हुनुपर्ने धारणा व्यक्त गर्नुभएपछि अमेरिकी राष्ट्रपति ट्रम्प पुटिनसँग रिसाएको अनुमान गरिएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]