इजरायली प्रधानमन्त्री नेतेन्याहु अमेरिका भ्रमणमा

२०८१ चैत्र २५ गते, सोमबार


काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु हंगेरीको चार दिने भ्रमण सकाएर अमेरिका भ्रमणमा गएका छन् । अमेरिका भ्रमणका क्रममा नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग केही महत्वपूर्ण विषयमा छलफल गर्ने बताइएको छ । दुई नेताबिच गाजा युद्ध, मध्यपूर्वमा इरानको भूमिका र अमेरिकाले हालै लगाएको भन्सार शुल्कबारे छलफल हुने बुझिएको छ ।
ट्रम्प प्रशासनले विश्वका जुनसुकै मुलुकबाट आयात हुने सामानमा कम्तिमा १० प्रतिशत आधारभूत कर लगाएको छ । इजरायलबाट हुने आयातमा १७ प्रतिशत कर लगाउने निर्णय गरिएको छ । नेतान्याहुले यही विषयमा ट्रम्पसँग छलफल गर्न लागेका हुन् ।
इजरायली सेनाले गाजामा हवाई तथा स्थल आक्रणमलाई तीव्रता दिइरहेको बेलामा हुन लागेको यो भ्रमण गाजा युद्धको भविष्यमा निर्णायक हुनसक्ने बताइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]