अमेरिकाद्वारा चीनबाट आयातित स्मार्टफोन र कम्प्युटरमाथि लगाएको अतिरिक्त कर खारेज

२०८१ चैत्र ३१ गते, आईतवार


काठमाडौँ । अमेरिकाले चीनबाट आयातित स्मार्टफोन र कम्प्युटरमाथि लगाएको अतिरिक्त कर खारेज गरेको छ । राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले चिनियाँ सामानमाथि लगाइएको १२५ प्रतिशतसम्मको अतिरिक्त करबाट स्मार्टफोन, कम्प्युटर सहितका उपकरणलाई छुट दिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागले शुक्रबार एक सूचना जारी गर्दै यी सामानहरूलाई विश्वका अधिकांश देशहरूमा लगाएको १० प्रतिशत कर र चिनियाँ सामानमाथि लगाएको थप करबाट छुट दिने घोषणा गरेको छ ।
ट्रम्प प्रशासनको यस कदमले अमेरिकी प्रविधि कम्पनीहरूले चीनमा निर्मित सामानमा करका कारण ग्याजेटको मूल्य आकासिने डर हटेको छ । छुट पाएका सामानमा स्मार्टफोन, कम्प्युटरसहित अन्य इलेक्ट्रोनिक उपकरण, सेमिकन्डक्टर, सोलार सेल, मेमोरी कार्डलगायत परेका छन् । यी छुटहरू गत ५ अप्रिलदेखि लागु हुने बताइएको छ । यो छुटमा अर्धचालक, सौर्य सेल र मेमोरी कार्ड पनि रहेको समाचारमा उल्लेख छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]