इजरायलद्वारा गाजा क्षेत्र कब्जा गर्ने उद्घोष

२०८२ बैशाख २३ गते, मंगलवार

काठमाडौँ । इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्र कब्जा गर्ने उद्घोष गरेको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको नेतृत्वमा बसेको सुरक्षा क्याबिनेट बैठकले गाजा कब्जा गर्ने योजना स्वीकृत गरेको हो। क्याबिनेटले हमास समूहविरुद्ध निर्णायक कारबाही गर्ने, त्यहाँका २१ लाख बासिन्दालाई स्थानान्तरण गर्ने र बन्धक रिहा गर्ने निर्णय गरेको छ।
यसका लागि हमासविरुद्धको सैन्य कारबाहीलाई अझ व्यापक बनाइने भएको छ। इजरायलले दुई वर्षभन्दा बढी समयदेखि गाजामा निरन्तर आक्रमण गरिरहेको छ। यो बीचमा ५३ हजारभन्दा बढी मानिस मारिएका छन्। प्रधानमन्त्री नेतान्याहूले क्याबिनेटले हमासलाई नष्ट गर्ने र बाँकी बन्धक रिहाईका लागि बलपूर्वक अभियान चलाउने निर्णय गरिएको बताउनुभएको छ।
यस्तै स्थानीयलाई आवश्यक मानवीय सहायता पु¥याउन निजी कम्पनीलाई प्रवेश दिइने योजनालाई पनि सैद्धान्तिक सहमति दिइएको छ। गाजामा जारी नाकाबन्दीका कारण गाजामा गम्भीर खाद्य संकट छ। यसअघि हिजो इजरायलले आफ्ना छिमेकी देशहरु लेबनान, सिरीया र यमनमा एकैसाथ हवाई आक्रमण गरेको थियो। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]