ट्रम्पलाई सर्वोच्च अदालतको अंकुश

२०८२ जेष्ठ ४ गते, शनिबार


काठमाडौँ । अमेरिकी सर्वोच्च अदालतले आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिमा अंकुश लगाएको छ। शुक्रबार सर्वोच्च अदालतले पर्याप्त कानुनी प्रक्रिया पूरा नगरी युद्धकालमा प्रयोग हुने एलियन एनिमी एक्ट उपयोग गरेर आप्रवासीलाई निर्वासनमा पठाउने ट्रम्प प्रशासनको कदममा रोक लगाएको हो।
ट्रम्पले प्रशासनले सन् १७९८ को कानुन ब्युँताएर ठूलो संख्यामा भेनेजुयली आप्रवासीहरूलाई एल साल्भाडोरको जेल पठाइरहेको थियो। अदालतले आप्रवासीहरूबारे थप अनुसन्धान नै नगरी मापदण्ड विपरीत सदाका लागि एल साल्भाडोरको जेल पठाउनु गलत हुने भनेको छ।
अदालतले मेरिल्याण्डका किल्मार अब्रेगो गार्सियालाई एल साल्भाडोर निर्वासन गरिएको घटनालाई पनि आधार बनाएको छ। उनी वैध हुँदाहुँदै पनि ट्रम्प प्रशासनले गल्तीले एल साल्भाडोर निर्वासनमा पठाएको थियो।
यद्यपि अदालतको उक्त आदेश अस्थायी मात्रै रहेको अमेरिकी सञ्चारमाध्यम सिएनएनले उल्लेख गरेकाे छ। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]