इजरायलद्वारा गाजामा आक्रमण : १२५ प्यालेस्टाइनीको मृत्यु

२०८२ जेष्ठ ५ गते, आईतवार


काठमाडौँ । इजरायली सेनाले गाजामा बमबारी जारी राख्दा कम्तिमा १२५ जनाको मृत्यु भएको छ र धेरै मानिसहरू घाइते भएका छन्।
अन्तर्राष्ट्रिय नेताहरूले गाजामा युद्ध तत्काल अन्त्य गर्न र मानवीय सहायता पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायको हस्तक्षेपको माग गरेका छन्।
गाजामा भएको आ्रमणमा मृतक, घाइतेको संख्या बढ्दै गएको र यसले मानवीय संकटलाई गम्भीर बनाएको छ।
४ जेठ, काठमाडौं । इजरायली सेनाले गाजामा बमबारी जारी राखेको छ । पछिल्लो आक्रमणमा परी कम्तिमा १२५ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराका अनुसार ‘सुरक्षित क्षेत्र’ मानिएको अल–मावासीमा समेत आक्रमण भएको छ । अल-मावासीमा भएको आक्रमणमा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । उनीहरुसहित १२५ जनाको मृत्यु भएको समाचारमा उल्लेख छ ।
कतारमा हमाससँग युद्धविराम वार्ता पनि चलेको छ । तर, यसैबेला इजरायलले आक्रमण गरिरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अमेरिकामा आँधी : २५ जनाको मृत्यु

२०८२ जेष्ठ ५ गते, आईतवार

ट्रम्पलाई सर्वोच्च अदालतको अंकुश

२०८२ जेष्ठ ४ गते, शनिबार

रुस र युक्रेनबीच वार्ता हुँदै

२०८२ जेष्ठ २ गते, बिहीबार