युरोपेली संघद्वारा रुसमाथि नयाँ प्रतिबन्ध

२०८२ जेष्ठ ८ गते, बुधबार


काठमाडौँ । युरोपेली संघले रुसविरुद्ध नयाँ प्रतिबन्ध लगाउने निर्णय गरेको छ। ब्रसेल्समा बसेको युरोपेली संघका रक्षा तथा परराष्ट्र मन्त्रीहरूको बैठकले युद्धविरामको पहललाई सघाउन रुसमाथि थप दबाब सिर्जना गर्ने निर्णय गरेको हो । नयाँ प्रतिबन्ध अन्तर्गत झण्डै २०० वटा रुसी तेल ढुवानी गर्ने पानीजहाजलाई प्रतिबन्धको दायरामा ल्याइएको छ। यी पानीजहाजले पश्चिमी देशहरूले लगाएका तेलसम्बन्धी प्रतिबन्ध उल्लंघन गर्दै अन्तर्राष्ट्रिय बजारमा रुसको तेल बिक्री गरिरहेको आरोप छ।
‘यदि रुसले बिना शर्त युद्धविराममा सहमति जनाएन भने, वाशिङ्टन (अमेरिका) ले पनि त्यसको परिणाम भोग्नुपर्ने हुन सक्छ’, युरोपेली संघकी परराष्ट्र नीति प्रमुख काया कालासले बैठकपछि भनिन्, ‘रुसी राष्ट्रपति पुटिनले शान्तिप्रति चासो देखाए तापनि तिनलाई समर्थन गर्ने पक्षहरूलाई गम्भीर परिणाम भोग्नुपर्नेछ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]