अमेरिकाद्वारा चिनिया विद्यार्थीको भिसा रद्द गर्ने उदघोष

२०८२ जेष्ठ १६ गते, बिहीबार


काठमाडौँ । अमेरिकाले चिनिया विद्यार्थीको भिसा रद्द गर्ने भएको छ। अमरिकी विदेशमन्त्री मार्को रुबियोले एक विज्ञप्तिमार्फत चीन र हङकङबाट आएका विद्यार्थीको भिसाको गहन अनुसन्धान भइरहेको जानकारी दिए। उनले अमेरिकामा अध्ययनका लागि आएका विद्यार्थीहरुको भि;f जाँच गरी उनीहरुको चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्ध भए नभएको पत्ता लगाउने बताए। उनले अब भिषाका शर्त पनि संशोधन गरिने जानकारी दिँदै चिनिया र हङकङका भिषा आवेदकको गहन जाँच हुने बताए।
केही दिनअघि मात्रै अमेरिकाले विदेशी विद्यार्थीका लागि भिसा आवेदन स्थगित गरेको थियो । त्यसपछि अमेरिका चिनियाँ विद्यार्थीहरुसँग बढी आक्रामक देखिएको हो। राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि अमेरिका र चीनबीचको सम्बन्ध थप बिग्रिएको छ । यी दुई देशबीच कर बढाउने विषयको प्रतिस्पर्धा छ। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु