हमासद्वारा युद्धविरामको प्रस्ताव स्वीकार

काठमाडौँ । हमासले युद्धविरामको प्रस्ताव स्वीकार गरेको छ। अमेरिकी युद्धविराम प्रस्ताव स्वीकार गर्दै हमास समूह १० जना जिवित र १८ मृत बन्धक रिहा गर्न तयार भएको हो । तर, उसले प्यालेस्टाइनी कैदीहरुको रिहाइका साथै स्थायी युद्धविराम र गाजाबाट इजरायली फौजको पूर्ण फिर्तीलाई प्रमुख सर्त बनाएको छ।
साथै मानवीय सहायता निरन्तर आपूर्ति गरिनुपर्ने माग दोहो¥याएको छ। उसले अमेरिकी विशेष दूत स्टीभ विटकोफ मार्फत् पठाइएको प्रस्तावको सट्टामा नयाँ प्रतिप्रस्ताव अघि सारेको बीबीसीले जनाएको छ।
अमेरिकाले भने हमासको प्रतिप्रस्तावलाई पूर्ण अस्वीकार्य भनेको छ। इजरायल र अमेरिका दुवै गाजामा स्थायी युद्धविरामका लागि तयार भएका छैनन्। जसका कारण यस क्षेत्रमा बन्धक रिहाईमा सहमति जुटे पनि युद्ध अन्त्यको सम्भावना देखिएको छैन।
युद्ध सुरु भएको अक्टोबर ७, २०२३ यता गाजामा ५४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। पछिल्लो समय इजरायलले गाजामा खाद्यान्नसहित अत्यावश्यकीय मानवीय सहायता रोकेको छ। – एजेन्सी