दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयन हुँदै

२०८२ जेष्ठ २१ गते, मंगलवार


काठमाडौँ । दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयन गर्न आज मतदान भएको छ । निर्वाचनमा वामपन्थी विचारधाराको डेमोक्रेटिक पार्टी अफ कोरिया डीपीके र दक्षिणपन्थी विचारधाराको पीपुल पावर पार्टी पीपीपीबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ । राष्ट्रपति चुनावमा दुई मुख्य उम्मेदवारहरू लिबरल उम्मेद्वार ली जे म्युङ र कन्जरभेटिभका उम्मेद्वार किम मुन सु रहेका छन । नतिजा बुधबार सार्वजनिक हुनेछ । छ महिनाअघि तत्कालीन राष्ट्रपति युन सुक योलले देशमा सैन्य कानून घोषणा गरेर महअभियोग लागेर पद गुमाएसँगै नयाँ निर्वाचन भएको हो । सर्वेक्षणले दक्षिण कोरियाका विपक्षी ली जे म्युङ देशको अर्को राष्ट्रपति बन्ने दौडमा अगाडी देखाएको छ । उनी सन् २०२२ को राष्ट्रपति चुनावमा युनसँग देशको इतिहासमा कुनै पनि मतको सबैभन्दा सानो अन्तरले पराजित भएका थिए । सत्तारुढ किम मुन सु ले उनलाई चुनौती दिने अपेक्षा छ । रिफर्म पार्टीका ली जुन–सिओक तेस्रो स्थानमा आउने अपेक्षा छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]