गभर्नर नुस्सामद्वारा ट्रम्पलाई मुद्दा हाल्ने चेतावनी

२०८२ जेष्ठ २८ गते, मंगलवार


काठमाडौँ । अमेरिकी राज्य क्यालिफोर्नियाका गभर्नर गेभिन नुस्सामले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएका छन । ट्रम्पले आफ्नो अनुमतिबिना क्यालिफोर्नियाको लस एन्जलस सहरमा जारी आप्रवासी प्रदर्शन रोक्नराष्ट्रिय गार्ड तैनाथ गरेको भन्दै उनले ट्रम्प प्रशासनविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएका हुन् । अमेरिकाको अध्यागमन एजेन्सीले अवैध आप्रवासीविरुद्ध धरपकड गरेको भन्दै लस एन्जलसमा विरोध प्रदर्शन भइरहेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार प्रदर्शन चर्किएपछि आइतबार अमेरिका राष्ट्रपति ट्रम्पले लस एन्जलसमा २ हजार राष्ट्रिय गार्ड तैनाथ गरेका छन । आप्रवासी प्रदर्शनका कारण लस एन्जलस शुक्रबारदेखि अशान्त छ ।
प्रदर्शनकारीले आगजनीसमेत गरेका छन । अमेरिकाका पूर्वउपराष्ट्रपति कमला ह्यारिसले पनि ट्रम्पको यो कदमको आलोचना गरेकी छिन । उता प्रदर्शन चर्केपछी सरकारले लसएन्जलसको डाउनटाउनमा निषेधित क्षेत्र घोषणा गरेको छ । प्रहरी र प्रदर्शनकारीबीच ब्यापक झडप भएको छ । सोही क्रममा प्रहरीले भिड नियन्त्रण गर्न कयौं शेल अश्रुग्यास र लाठीचार्ज समेत प्रहार गरेको छ ।
लस एन्जलसमा प्रदर्शन चर्कंदै गएपछि ट्रम्पको आदेशमा परिचालन गरिएको राष्ट्रिय सुरक्षागार्डको वेवास्ता गरी प्रर्दशनकारीहरुले प्रदर्शन झन चर्काएका छन् । जताततै आगजनी र तोडफोड गर्ने केही प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कागजात नभएका आप्रवासीहरूमाथि छापा मार्ने क्रममा विरोध भएपछि प्रदर्शन चर्केको समाचारमा उल्लेख छ ।
अमेरिकाको क्यालिफोर्निया राज्यमा चार दिनदेखि चर्किएको विरोध प्रदर्शन नियन्त्रण गर्न अमेरिकाले ७ सय भन्दा बढी स्थल र जल सैनिक लस एन्जलसमा परिचालन गरेको छ । शक्ति प्रदर्शनको रूपमा ट्रम्पले सेनाको प्रयोगमा गरेको ठूलो वृद्धि गरिएको जनाइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]