एलन मस्कले ट्रम्पसँग माफी मागे

२०८२ जेष्ठ २९ गते, बुधबार

काठमाडौं । एलन मस्कले एक्समा पोस्ट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग माफी मागेका छन्। उनले भने ‘म गत हप्ताका मेरा केही पोस्टहरूको लागि माफी चाहन्छु, किनकि यो बढी भएको थियो।’
एलन मस्कले ट्रम्प बीच विवाद चर्की पछि सरकारको दक्षता विभागको प्रमुख पदबाट राजीनामा दिएका थिए । यसपछि मस्कले ट्रम्पको खर्च र कर कटौती विधेयकको कडा आलोचना गरे । मस्कले ट्रम्पको महाभियोगको समर्थन गर्दै एक्समा पोस्ट गरेका थिए, यद्यपि उनले पछि त्यो पोस्ट मेटाएका थिए ।
एलन मस्कसँगको विवाद बेपछि ट्रम्पले मस्कका कम्पनीहरू, विशेष गरी स्पेसएक्ससँगको सरकारी सम्झौता र अनुदान समाप्त गर्ने बारेमा विचार गर्न सक्ने खुलेआम धम्की दिए । ट्रम्पले भने ‘मलाई लाग्छ एलन धेरै दुःखी र निराश महसुस गरिरहेका छन्।’ एनबीसी न्यूजसँगको टेलिफोन अन्तर्वार्तामा ट्रम्पले भनेका थिए ‘मलाई लाग्छ हाम्रो सम्बन्ध अब समाप्त भइसकेको छ।’ – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]