इजरायलको आक्रमणबाट ५५ हजार १ सय ४ जनाको मृत्यु

२०८२ जेष्ठ ३० गते, बिहीबार


काठमाडौँ । इजरायलको आक्रमणबाट ५५ हजार १ सय ४ जनाको मृत्यु , १ लाख २७ हजार ३ सय ९४ जना घाइते भएका छन । गाजाका स्वास्थ्य अधिकारीहरूले विज्ञप्तिजारी गर्दै सो जानकारी दिएका हुन् । विगत २४ घण्टामा इजरायली सेनाले १ सय २० जनाको हत्या गरेको छ । ४ सय ७४ जना घाइते भएका छन् ।
जसबाट अक्टोबर २०२३ को सुरुमा हमास–इजरायल द्वन्द्व शुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ५५ हजार १ सय ४ र घाइते हुनेको संख्या १ लाख २७ हजार ३ सय ९४ पुगेको छ ।
इजरायल र हमासले जनवरी २०२५ मा इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका थिए । यद्यपि दुई महिना पछि इजरायलले दोस्रो चरणको आक्रमण गरेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]