इरानद्वारा इजरायलमाथि आक्रमण, कम्तिमा ८ जनाको मृत्यु

२०८२ असार १ गते, आईतवार


काठमाडौँ । इरानले इजरायलमाथि आक्रमण गरेको छ । आक्रमणवाट कम्तिमा ८ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार इरानले तेल अवविवको ब्याट याम र ताम्रा शहरमा ड्रोनमार्फत मिसाइल आक्रमण गरेको छ । आक्रमणबाट ब्याट याममा ३ जनाको मृत्यु र १०० बढी घाइते भएका छन् । मृत्यु हुनेमा ६९ वर्षीया महिला, ८० वर्षीय पुरुष र १० वर्षको बच्चा रहेको बीबीसीले जनाएको छ । यसैगरी ताम्रामा कम्तिमा ५ जनाको मृत्यु भएको इजरायली सञ्चार माध्यमहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आक्रमणबाट घरहरुमा क्षति पुगेको छ । उद्धारकर्ताहरु भग्नावशेष पन्छाउँदै उद्धार कार्यमा सक्रिय छन् ।
इजरायलले भने इरानको फरमाणु केन्द्रसँग सम्बन्धित संरचनामा आक्रमण गरेको छ । आत्रमणबाट इरानको रक्षा मन्त्रालय र रक्षा मन्त्रालयसँग अनुसन्धान संस्थामा क्षति पुगेको बताइएको छ । इरानले इस्लामिक रिभोल्युसनरी गार्ड (आईआरजीसी)ले शनिबार राति गरेको आक्रमणबारे विज्ञप्तिमार्फत् जानकारी दिएको छ । आईआरजीसीका अनुसार इजरायलको फाइटर जेटको इन्धन बन्ने ठाउँमा र बिजुली फ्रसारण केन्द्रमा आक्रमण गरिएको छ ।
यसैगरी इरानले इजरायलका तीन त्रुज मिसाइल, १० ड्रोन र अन्य धेरै साना ड्रोनहरुलाई आकासमै ध्वस्त पारेको जनाएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]