इरानद्वारा इजरायलमा मिसाइल प्रहार

२०८२ असार २ गते, सोमबार

काठमाडौँ । इरानले आज बिहानै इजरायलमा मिसाइल प्रहार गरेको छ। इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले इरानले मिसाइल प्रहार गरेपछि आफ्ना सबै नागरिकलाई बमबाट बचाउने सेल्टरमा बस्नका लागि भनेको थियो। भर्खरै मात्र इजरायलले इरानी आक्रमण अन्त्य भएका कारण सेल्टर केही समयमा लागि छाड्न भनेको छ। तेल अभिभ र जेरुसेलममा भएको सो आक्रमणको क्षति हेर्न उद्धार टोली त्यस क्षेत्रमा सक्रिय रहेको छ।
भर्खरै भएको आक्रमणमा दुई ठुला पहल भत्किएको तथा च्यापिएको उद्धार टोलीले बताएको छ। उद्धार टोली टर्च बालेर ती भवनमा खोजी गरी रहेको दृश्य रोयटर्सको भिडियोमा सार्वजनिक भएको छ। तेल अभिभको अस्पतालले ८ जनाको उपचार भइरहेको तथा ती सबैको अवस्था सामान्य रहेको जनाएको छ। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]