ट्रम्पद्वारा इरानमा आक्रमण गर्ने योजना अनुमोदन

२०८२ असार ५ गते, बिहीबार


काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा आक्रमण गर्ने योजनालाई अनुमोदन गरेका छन्। यद्यपि, ट्रम्पले इरानविरुद्ध आक्रमण गर्ने वा नगर्ने भन्नेबारे अन्तिम निर्णय लिइनसकेको बीबीसीले जनाएको छ। एक वरिष्ठ गुप्तचर स्रोतले सीबीएसलाई बताएअनुसार यदि इरान आफ्नो आणविक कार्यक्रम रोक्न सहमत भएमा ट्रम्पले आक्रमण गर्ने योजना रोक्न सक्छन्। यो समाचार पहिलोपटक वाल स्ट्रिट जर्नलले प्रकाशन गरेको थियो। यसअघि ट्रम्पलाई इरानमा अमेरिकाले सैन्य हस्तक्षेप गर्छ कि गर्दै भनेर सोध्दा उनले भनेका थिए, ‘म यसो गर्न सक्छु, नगर्न पनि सक्छु।’
इजरायलले यही जुन १३ बिहान इरानमा हवाई आक्रमण गरेयता दुई देशबीच हानाहान जारी छ। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]