अस्ट्रेलियाद्वारा तेहरानस्थित दूतावास बन्द

२०८२ असार ६ गते, शुक्रबार


काठमाडौँ । अस्ट्रेलियाले इरानको तहरानस्थित आफ्नो दूतावास बन्द गरेको छ । अस्ट्रेलियाले इरानमा बिग्रँदो सुरक्षा अवस्थाका कारण तत्काल दूतावासको कामकाज तत्कालका लागि बन्द गरिएको जनाएको छ । अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वाङ्गले भनेकी छन्, ‘तत्काल देखिएको अवस्थालाई हेरेर हाम्रो कन्सुलर सेवा दिने क्षमता निकै समीति छ । हवाई क्षेत्र अहिले पनि बन्द छ ।’
अस्ट्रेलियाले आफ्ना सबै अधिकारी र उनीहरुका परिवारका सदस्यलाई इरान छाड्न निर्देशन दिएको छ । पेनी वाङ्गले भनिन्, ‘कन्सुलर स्टाफहरुलाई इरानको छिमेकी देश अजरबैजानमा तैनाथ गरिँदैछ ।’
राजदूत भने हाल तेहरानमै रहने विदेशमन्त्रीले बताएकी छन् । इरानमा रहेका कम्तिमा १५ सय अस्ट्रेलियाली नागरिक र उनका परिवारका सदस्यहरुलाई बाहिर निकाल्नका लागि सहयोगसमेत मागेकी छिन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]