अमेरिकाद्वारा इरानमाथि आक्रमण

२०८२ असार ८ गते, आईतवार


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका परमाणु केन्द्रहरूमा आक्रमण गरेको जानकारी दिएका छन् । उनले आक्रमण गरी अमेरिकी विमानहरू सुरक्षित घर फर्किरहेको बताएका छन्। इजरायल र इरानबीच युद्ध चलिरहेका बेला अमेरिका पनि इरानविरुद्ध आक्रमणमा उत्रिएको हो ।
ट्रम्पले भनेका छन्, ‘सबै विमान सुरक्षित तरिकाले आफ्नो घरतिर फर्किरहेका छन् । हाम्रा महान् अमेरिकी योद्धाहरुलाई बधाई । विश्वमा यस्तो गर्न सक्ने सेना अरु कसैसँग छैन ।’

उनले अब शान्तिको समय पनि आएको बताएका छन् । अमेरिकाले इरानका परमाणु केन्द्रमा बंकर बस्टर बम प्रयोग गरिएको जनाएको छ । यो बम जमिन मुनि करिब ६० मिटर भित्र छिरेर विष्फोट हुन्छ । यो बमले कहाँ कति क्षति भयो भन्ने खुलिसकेको छैन ।
इजरायल र इरानबीच युद्ध चलिरहेका बेला अमेरिका पनि इरानविरुद्धको आक्रमणमा उत्रिएको हो । इजरायलले इरानविरुद्ध १३ जुनदेखि आक्रमण सुरु गरेको थियो । अहिलेसम्म १० इरानी न्युक्लियर वैज्ञानिक, सेनाका तीन कमाण्डर र ४ जवानको हत्या गरिसकेको इजरायलले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]